काठमाडौं । काठमाडौं उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले खाद्य पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । पछिल्लो एक सातादेखि खाद्यान्न पसल पनि सञ्चालनमा रोक लगाइएको थियो ।
यस्तै निर्माणका काम पनि सञ्चालन हुने भएका छन् । रातको समयमा निर्माण सामग्री ढुवानी गर्न र मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ। सार्वजनिक तथा निजी सवारी–साधन र अनावश्यक मानिसको आवतजावतमा भने कडाइ गरिने बताइएको छ ।





प्रतिक्रिया