‘कालो कोटमा होइन, कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू !’


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कानुन व्यवसायी र पूर्वप्रधानन्यायाधीशहरुमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाउँदै जवाफ दिएका छन् ।

संवैधानिक इजालास गठनप्रति कानुन व्यवसायीले आपत्ति जनाएको भन्दै प्रधानमन्त्रीले सोमबार आयोजित कार्यक्रममा कालोकोटधारीले न्यायालयलाई कहाँ पुर्याउँदै छन् भन्दै आक्रोश पोखेका थिए ।

त्यस्तै पूर्वप्रधानन्यायाधीशलाई ‘आफ्नो कार्यकालमा केही नगर्ने, पेन्सन खाएर न्यायालयको हुर्मत लिने ?’भन्दै आक्रोश पोखेका थिए । त्यसको जावफमा प्रवक्ता शर्माले समस्या कालोकोटमा नभई कालो सोचमा रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू….! व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुन्छ ! अरु बोले अराजक अभिव्यक्ति,आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिव्यज्ञान ? सम्माननीय प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ,देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!!’