‘सरकार खुराफातमा मस्त हुने, सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ भीख माग्न लगाउने ?खै लाजशरम ?’


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार खुरापातमा मस्त भई सेरेमोनियल राष्ट्रपति चाहिँ खोपको भिख माग्न लागेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व भएपनि सरकार वेवास्ता गरेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ भीख माग्न लगाउने ?खै लाजशरम ?’

राष्ट्रपतिले अमेरिका, भारत रुसका प्रधानमन्त्री तथा वेलायतकी महारानीलाई पत्र पठाउँदै खोप सहयोग गर्न अनुरोध गरेकी छन् । चिनियाँ राष्ट्रपतिसँग भएको फोनवार्ता पछि भने चीनले १० लाख डोज खोप दिने वाचा गरेको थियो । त्यो खोप लिन सोमबार राति नेपाल वायु सेवा निगमको जाहज बेइजिङ गएको छ । खोप लिएर जहाज मंगलबार काठमाडौं फर्किने छ ।