बाँकेमा उपचारका क्रममा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु



बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराति मृत्यु भएको छ । योसँगै बाँकका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बबरमहलको क्षतिग्रस्त सडक पुनर्निर्माण गरी जस्ताको तस्तै बनाउन केयूकेएललाई सडक डिभिजनको आग्रह

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले बुधबार काठमाडौंको बबरमहलमा खानेपानीको पाइप फुटेर क्षतिग्रस्त

खानी खन्ने काम वर्षौँदेखि रोकिएपछि पुरिन थाले म्याग्दीका तामाखानीका सुरुङ

म्याग्दी  । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ

‘एमगज’ हात्तीको जङ्गलमा उपचार

चन्द्रपुर (रौतहट) । लामो समयदेखि बिरामी भएर रौतहटको वन क्षेत्रमा घुमिरहेको पर्सा राष्ट्रिय

सुख्खा हिउँद: न हिमपात, न वर्षा

ध्रुवसागर शर्मा, म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी