काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा निःशुल्क उपचार सुविधा दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत साउन १ गतेदेखि यो सुविधा उपलब्ध हुने जानकारी दिएका हुन् । त्यस्तै उनले सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रतिष्ठान स्थापना गरिने बताए ।

प्रतिक्रिया