पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई २०८८ सम्म विस्थापित गरिने, विद्युतीय सवारीलाई प्रोत्साहन
काठमाडौँ । सरकारले २०८८ सालसम्म डिजेल/पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने बताएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विस २०८८ सालसम्म डिजेल/पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने र विद्युत सवारीको प्रयोगलाई प्रोत्साहन गरिने बताए । ।
त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पौडेलले जानकारी दिए । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए । त्यस्तै सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।