काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई–यादव पक्षले स्पष्टीकरण सोधेको हो । यसअघिको स्पष्टीकरणको जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव–भट्टराई पक्षको भनाइ छ ।
जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई–यादव पक्षमा ३० जना रहेका छन्।
नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपामा दुई धार देखिएको छ । जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा छ भने भट्टराई–यादव पक्ष ओलीको विपक्षमा छ ।


प्रतिक्रिया