कास्कीमा जेठ २१ गतेसम्म निषेधाज्ञा


पोखरा । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गरेका छन् ।

प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।