मित्रराष्ट्रबाट प्राप्त सहयोगको दुरुपयोग रोक्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले कोभिड—१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन सरकारसँग माग गरेको छ । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको वेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको भन्दै राहतमा ध्यान केन्द्रित गर्न सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा सरकारको सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गर्दछु ।’

देउवाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनले भनेका छन्, ‘फेरि पनि, म नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई पेश गरेको १५ वुँदे ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन माग गर्दछु । खासगरेर— कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसियु वेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गर्दछु । देशको हरेक गाउँ/नगरपालिका र वडा तहसम्म पिसिआर परिक्षणको व्यवस्था गर्न; संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्न; ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरुलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न; निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु । खोप लगायत स्वास्थ्य सामाग्री खरीद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरुसँग माग गर्दछु ।’

वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन भएको भन्दै सभापति देउवाले संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु नलिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु । सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शीतलहरका कारण तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

  वीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराईका जिल्लाको जनजीवन

अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित

बागमती । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको अतिक्रमणमा परेको जग्गा

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

वीरगञ्ज। वीरगञ्ज महानगर पालिकाले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी

रावल, पाण्डे र तिम्सिनामाथिको कारबाही एमाले केन्द्रीय कमिटीद्वारा अनुमोदन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्कासन