राष्ट्रपति र प्रधानमन्त्रीबाट ‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’ भयोः संविधानविद् आचार्य
काठमाडौं । संविधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट संसद विघटन गरेर जघन्य अपराध गरेको आरोप लगाएका छन् ।
बिहीबार सभामुखसँगको छलफलका क्रममा वरिष्ठ अधिवक्ता आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले ‘मान्छे मारेको भन्दा पनि ठूलो अपराध’ गरेको बताएका हुन् । उनले आजको दिन आउनुमा संसद र सभामुखले पनि नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।
उनले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि २१ घण्टाको समय दिएकै बेला दलहरुले यसमा षड्यन्त्र भएको बुझेर कदम नचालेको भन्दै प्रतिपक्ष र संसदको आलोचना गरे ।
उनले भने, ‘आजको दिन आउनुमा संसद पनि जिम्मेवार । सभामुखले पनि नैतिक जिम्मेवारी लिनुपर्छ । राष्ट्र र संविधानमाथिको ठूलो अपराध हो । राष्ट्रघात यति ठूलो जघन्य कसुर दुई नियकायबाट हुँदा पनि संसद मुकदर्शक बन्ने हो ? अब जम्मै खेल हेर्दा षड्यन्त्र राष्ट्रपति र प्रधानमन्त्रीले योजनावद्ध ढंगले गरेका हुन् । प्रधानमन्त्री संविधानको सबै धाराको प्रधानमन्त्री भए । यो संसारमै कहीँ नभएको कुरा भइरहेको छ । त्यो प्रतिपक्षले विधिसम्मत ढंगले संसदमा रेकर्ड गराउनु पथ्र्यो तर त्यो कुरा मिस भयो । उनीहरुको एउटा योजना थियो संविधानले घात गर्ने योजना थियो । राष्ट्रपति र प्रधानमन्त्री संविधान र संसद ध्वस्त पार्न थालेको छ भने प्रतिपक्ष चुप लागेर बसे । प्रधानमन्त्री पदमुक्त नभई पाँचको प्रधानमन्त्रीका लागि आह्वान गर्न मिल्छ ? यस्तो कहीँ हुन्छ ? यस्तो गम्भीर काममा भाग लिने हो ? यति काम नलाग्ने संसद र प्रतिपक्ष भएपछि कहाँ हुन्छ । उनीहरुलाई सहयोग गरेको होइन संसदले ?