कोरोना संक्रमणबाट नेपाली सेनाका सहायक रथीको निधन



काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान निधन भएको हो ।

सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा निधन सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए । उनको चारदिन अघि भेन्टिलेटरमा राखेर उपचार सुर गरिएको थियो ।

केही महिनाअघिमात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर फर्किएका केसी सेनामा व्यवसायिक र अब्बल अधिकृतका रूपमा परिचित थिए । सहायक रथीमा करिब एकवर्षअघि बढुवा भएका केसी काठमाडौंको न्यूरोडका बासिन्दा हुन् । केसीका श्रीमती र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि