धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । पूर्व प्रदेश प्रमुख मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय सचिव धनसिंह क्षेत्रीले जानकारी दिएका छन् ।
कैलालीको भजनीका मल्लको काठमाडौंमा उपचारका क्रमममा निधन भएको हो । उनको बुधबार राति ११ बजे निधन भएको क्षेत्रीले बताए। मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित थिए । उनको आज अन्त्येष्टि गरिने छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी कांग्रेसमा प्रवेश गरेका थिए। उनी पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका थिए । तत्कालीन प्रधानपञ्च समेत रहेका मल्ललाई २०७४ सालको माघमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । उनी २०७६ सालको असोज १८ गते पदमुक्त भएका थिए ।

प्रतिक्रिया