‘केपी ओलीले त छाड्दे हुन्छ कुर्सी, मेरा बाउले चलाको स्कुल हेर र तिमीले चलाको देश'(भिडियोसहित)



काठमाडौँ । नेपाली युवा कमेडियन आदर्श मिश्रले वीरगंजस्थित नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पतालको लापरबाहीले आफ्ना पिता विनोद मिश्रको ज्यान गएको आरोप लगाएका छन् । बुधबार सामाजिक संजालमार्फत भिडियो सार्वजनिक गर्दै मिश्रले दुई वटा अस्पतालको लापरबाहीले पिताको ज्यान गएको आरोप लगाएका हुन् ।

उनले नारायणी र नेशनल मेडिकल कलेजको लापरबाहीले पिताको ज्यान गएको बताएका छन् । एनएमसीको डायलसिस मेसिनलगायतको कन्ट्याक्ट लिएको नेफ्रो प्लस (भारतीय कम्पनी)ले पैसा बचाउन धाँधली गरेको पनि उनले आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘गर्तवर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा त्यहाँको डायलसिस बिरामीलाई एनएमसीमा सिफ्ट गरिएको थियो । एक महिनाभित्र पाँचजना बिरामी मरेका थिए, डायलुजर मेसिन नफेरेर । नेफ्रो प्लसले पैसा बचाउन अत्यन्तै धाँधली गरिरहेको छ । एनएमसी अस्पतालाई गतवर्ष केन्द्रबाट २० प्रतिशत बेड कोभिड संक्रमित बिरामीका लागि छुट्याइदिनु भनेर निर्देशन आएको थियो । तर, एनएमसीले ‘म केन्द्रको आदेश मान्दिनँ’ भन्यो । किनभने एनएमसीको फाउन्डर बसुरिद्धिन अन्सारी हो । अनि, बसुरिद्धिन अन्सारी लास्टै नै पावरफुल मान्छे हो । उहाँको गुन्डागर्दी अति नै धेरै चल्छ । उहाँलाई केरमेट गर्ने कोही पनि छैन । बसुरिद्धिन यति पावरफुल मान्छे हो कि गत वर्ष केपी ओलीको मिर्गौला प्रत्यारोपणमा जति पनि खर्च भएको हो, व्यक्तिगत रुपमा सबै बसुरिद्धिनले व्यहोरेको हो ।’

एनएमसीको गुन्डागर्दीले आफूले बुवा गुमाउनु परेको उनको आरोप छ । एनएमसीको नर्सको लापरबाहीलाई पनि उनले भिडियोमा उल्लेख गरेका छन् । किड्नी फेल भएको अवस्थामा पनि बुवा मिश्राले नवल विद्यालय सुविधायुक्त बनाएको उनको दाबी छ । त्यसैले उनले प्रधानमन्त्री केपी ओलीलाई कुर्सी छाड्न चुनौती दिएका छन् ।

उनले भनेका छन्, ‘केपी ओलीले त छोड्दिए हुन्छ नि कुर्सी । मेरो बाबा हप्ताको दुई दिन डायलसिस गराउन स्कुटर पछाडि बसेर गएको हो । तर पनि मेरो बाबाले चलाएको विद्यालय हेर अनि तिमीले चलाएको देश । अनि पनि लाज लाग्दैन भने मलाइ भन । काम गर्न दिएनन् मलाई भन्छौं । काम गर्न मन कहाँ छ तिमीलाई ? त्यो पर्दैन भन्दै बस्ने काम हो तिम्रो । भेडाहरू पछाडि जम्मा गर्या छौ । त्यही हुल बोकेर भारतको विरुद्धमा बोलेर ‘ब्याक अफ मोदी’ भन्नेबित्तिकै एक हुल नेपाली पछाडि लागिहाल्छन् । त्यही सेन्टीमेन्टमा जित्यौं तिमीले चुनाव । मधेसी नेताहरुभन्दा राम्रो छु भन्ने मात्र प्रमाणित गरेको हो तिमीले । तर, तिमी इत्ति नि राम्रो नेता होइनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन