जनकल्याण मा.वि.बौद्धमा आइसोलेसन केन्द्र तयार



काठमाडौं । काठमाडौँ महानगरपालिका बौद्ध ६ महाँकालको श्री जनकल्याण माध्यामिक विद्यालयमा १० बेडको आइसोलेशन केन्द्र निर्माण गरिएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि बाग्मति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाको समन्वय र कामपा वडा नं ६ कार्यालयको नेतृत्वमा आर्ट अफ लिभिङ, श्री जनकल्याण माध्यामिक विद्यालय र विभिन्न संघ संस्थाको साझेदारीमा १० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिए । उनले भने, “सङ्क्रमितले समयमै सहजरूपमा स्वास्थ्य उपचार पाउन सकोस् भन्ने हाम्रो चाहना हो, हामी आवश्यकतानुसार आइसोलेशन निर्माण गछौँ ।”

यस्तै, आफुहरु विषम परिस्थीतिमा पनि नागरिकको घर दैलोमा गएर संक्रमितको पहिचान गर्न लागि परेको बताउँदै विभिन्न जिल्लाबाट काठमार्डौ आई कोठमा बसोबास गरिरहेका व्यक्ति संक्रमित भएमा उनिहरुलाई होम आईसोलेशन बस्न समस्या हुने भएकाले उक्त आइसोलेशन केन्द्र निर्माण गरिएको बताए । संक्रमितहरु आफ्नै घर भएका हुन् की कोठमा बस्ने आफुहरुले पहिचान गरेर मात्र व्यवस्था गर्ने उनले बताए । आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको पनि उनको भनाई छ ।

यस्तै, वडा सदस्य जयराम पुडासैनीले उक्त आइसोलेशन केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मी सहितको व्यवस्था गरिएको बताए। विभिन्न व्यक्ति, संघसंस्थाहरुको सहयोग र नर्ससहितको २४ घण्टा निगरानीमा बुधबारबाट आइसोलेशन केन्द्र संचालनमा ल्याईएको उनले बताए ।

उक्त आइसोलेशनमा विगत केही वर्ष देखि नर्सिङ पेसामा कार्यरत रहनुभएका श्वेता श्रेष्ठले सेवा प्रदान गर्नेछिन् । उनले  कोरोना भाईरस संक्रमणका कारण अस्पातलहरुमा विरामिको चाँप बढेसंगै संक्रमितका लागि रगत अभावमा समस्या सिर्जना नहोस् भन्ने मनसायले  ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ पनि संचालन गर्दै आएकी छिन् । सामाजिक अभियान्ता समेत रहनुभएका श्रेष्ठले ब्लड डोनेसन क्याम्पेन मात्र नभएर अब कोभिडका लागि समर्पित भएर काम गर्ने बताईन् ।

श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ अन्तर्गत हालसम्म ३७ पटक रक्तदान कार्यक्रम गरिएको र त्यसमध्ये ५ वटा मोबाइल क्याम्प संचालन गर्दा हालसम्म ५२९ युनिट रगत संकलन भईसकेको छ ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका

अनलाइनबाट हुने दुव्र्यवहारका घटना बढ्दै

काठमाडौँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुव्र्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक

फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश

  काठमाडौँ । सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध