संसद विघटनविरुद्ध रिटमाथि बिहीबार र शुक्रबार सुनुवाइ हुने



काठमाडौँ । संसद विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार, संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ ।

सांसदहरुले सोझै संवैधानिक इजलासमा निवेदन दिएकाले उनीहरुको निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले बिहीबार एकल इजलासमा सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीशले आफू वा जोकोही एकजना न्यायाधीशका लागि तोक्न सक्नेछन् । शुक्रबारको सुनुवाइ भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ ।

सोमबार १४६ सांसदले सर्वोच्च अदालतमै उपस्थित भएर संसद विघटनको निर्णयविरुद्ध रिट दायर गरेका थिए। उनीहरुले प्रस्ट बहुमतसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरे पनि राष्ट्रपतिले दाबी नपुगेको भन्दै अस्वीकृत गरेकी थिइन्।

त्यसलगत्तै ७६(३)को कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेकी थिइन्।

यसअघि गत पुस ५ मा पनि सरकारको सिफारिसमा उनले संसद् विघटन गरेकी थिइन्। तर सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनर्स्थापनाको फैसला गरेको थियो। तीन महिना नबित्दै फेरि सर्वोच्चमा संसद् विघटनको मुद्दा परेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न

पहिरोले बिपी राजमार्ग पुनःअवरुद्ध

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ ।

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा