काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. भीमार्जुन आचार्यले नागरिकतासम्बन्धी अध्यादेश मुलुकलाई फिजीको नियतिमा पुर्याउने उद्देश्यले आएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत आचार्यले यस्तो महामारीको समयमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको भन्दै यसलाई विफल पार्नुपर्ने बताएका हुन् । एउटा नेता भन्दा देश ठूलो भएको भन्दै उनले यसतर्फ सबै होसियार हुनुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यौं । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे । जसको बिरोध पहिले उनी आफैंले गरेका थिए । भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान् । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो । एउटा नेता भन्दा देश ठूलो हो । होसियार हौं । त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।
के छ नागरिकतासम्बन्धी अध्यादेशमा ?


प्रतिक्रिया