अमेरिकी सहायताको पहिलो खेप स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो



काठमाडौं । कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाँइमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् ।

महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता सामग्री परिचालन गरेका हुन् ।

अमेरिकी र स्वीस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई हस्तान्तरण आजै हस्तान्तरण गरेका छन् ।

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा शनिबार भएको सक्षिप्त कार्यक्रममा नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई एघार लाख थान एन्टिजेन टेष्ट किट, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान अक्सिजन नेजल क्यानुला, ४० वटा भेन्टिलेटर, एक लाख १० हजार वटा के एन ९५ मास्क, ५० हजार वटा पञ्जा, १५ हजार थान व्यक्तिगत सुरक्षा उपकरण, १२० वटा मास्क फर हमिल्टन टीआई, १४० थान सर्किट भल्भ फर हमिल्टन टीआई हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री त्रिपाठीले मित्रवत् स्वीस सरकार र जनताको उदार सहायताप्रति कृतज्ञता ज्ञापन गर्दै प्राप्त सहयोग सङ्क्रमण नियन्त्रण, जीवन रक्षा तथा कोरोना जीवणुविरुद्धको नेपाल सरकारको लडाँइमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयमै सहायता सामग्री उपलब्ध गराउन यहाँस्थित स्वीस दूतावासले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

यसैगरी अमेरिकाबाट प्राप्त सहायता सामग्री अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) र काठमाडौंस्थित अमेरिकी राजदूतावासका अधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई हस्तान्तरण गरेका मन्त्रालयले जनाएको छ ।

अमेरिकी सहायताको यो पहिलो खेप हो । मालबाहक अमेरिकी विमानबाट सहायताका अरु दुई खेप नेपाललाई प्राप्त हुने र यो सहयोग युएसएआईडीमार्फत यसअघि अमेरिकाबाट प्राप्त अतिरिक्त सहायता भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्राप्त सहायता सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, १०० थान भेन्टिलेटर, कोरोना जीवाणु परीक्षण गर्ने उपकरण, एक हजार थान अक्सिजन सिलिण्डर, चिकित्सा अक्सिजन प्रयोगका निम्ति आवश्यक पर्ने अन्य वस्तु छन् । अमेरिकी सरकारले उदात्त भावनाका साथ गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले त्यसबाट दुई देशबीचको लामो समयदेखिको मैत्री प्रतिबिम्बित भएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश

म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त

बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका