काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिएका छन् ।
शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि पुनले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे भन्दै मध्यरातमा डकैती गरिएको बताएका छन्। उनले भनेका छन्, ‘मध्यरातमा डकैती गरियो÷ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’
मध्यरातमा डकैती गरियो/ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे/
— Barsha man Pun (@BarshamanPun1) May 21, 2021
यसअघि शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको निम्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेको दाबी अस्वीकृत गरिदिएकी थिइन्।

प्रतिक्रिया