कोरोना संक्रमणबाट बाँकेमा थप आठ जनाको मृत्यु



बाँके । बाँकेका बिभिन्न अस्पतालमा उपचाररत २८ वर्षीया महिलासहित थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र शिक्षण अस्पताल कोहलपुरमा एक गरी आठ सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका–५ बाँके निवासी २८ वर्षीया महिला, खजुरा गाउँपालिका–३ निवासी ८५ वर्षीय पुरुष, बाँसगढी नगरपालिका–४ बर्दिया निवासी ४२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–३ दाङ निवासी ६५ वर्षीय पुरुषको गए राति उपचारका क्रममा कारण मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमै उपचाररत बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४५ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–४ कैलाली निवासी ४५ वर्षीय पुरुष र गुलरिया नगरपालिका–४ बर्दिया निवासी ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राप्तीसोनारी गाउँपालिका–६ बाँके निवासी ५४ वर्षीय पुरुषको आज बिहान १ः२० बजे मृत्यु भएकोे छ । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २१४ र जिल्लाकै २५६ गरी ४७० जनाको मृत्यु भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश

म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त

बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका