तिब्बत सरकारले नेपाललाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराउने


काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई कोभिड महामारीसँग जुध्न विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अक्सिजन कन्सट्रेटर, ५ भेन्टिलेटर, २०० सय आइसियु बेड र १५ हजार थान एन्टिजेन किट्स सहयोग गर्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

ती स्वास्थ्य सामग्रीहरु छिटै नेपाल आइपुग्ने चिनियाँ दूतावासले जनाएको छ । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर, केही भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री अनुदानमा दिइसकेको छ ।