दाउन्नेमा भिरबाट बस खस्दा चार जनाको मृत्यु


नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलरासीको दाउन्नेमा बुधबार बिहान बस भिरबाट खस्दा चार जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम गइरहेको ना५ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी राजु लामाले जानकारी दिएका छन् ।