नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलिएको पुष्टि
काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ । गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गरिएको थियो ।
मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म तीन किसिमका भाइरस रहेको पुष्टि भएको छ ।