दाङ र बाँकेमा गरी थप आठ जना कोरोना संक्रमितको मृत्यु



बाँके । बाँकेमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण केही दिनयता घट्दै गएपनि अस्पतालमा भर्ना भएका सङ्क्रमितको मृत्युदर भने घट्न सकेको छैन ।

सोमबार शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याबमा कूल ३६३ जनाको पिसिआर परीक्षण गर्दा १४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार १४९ सङ्क्रमितमध्ये बाँकेका ४० पुरुष र ३५ महिला गरी ७५ जनामा सङ्क्रमण देखिएको हो ।

यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना सङ्क्रमण दर दैनिक रुपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेको थियो । सोमबार सङ्क्रमित हुनेभन्दा कोरोना जित्नेको सङ्ख्या धेरै भएको छ । ७५ जना सङ्क्रमित थपिँदा सोमबार १७५ पुरुष र १९० महिला गरी ३६५ जनाको कोरोना निको भएको स्रोतव्यक्ति वलीले बताए । सङ्क्रमित हुनेको सङ्ख्या घटे पनि मृत्युदर भने घट्न सकेको छैन । कोरोना सङ्क्रमणबाट बाँकेमा सोमबार मात्र १३ जनाको मृत्यु भएको छ ।

बाहिरी जिल्लाका १० र बाँकेका तीन जनाको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

गत वैशाख ९ गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बाँकेमा कोरोना सङ्क्रमणका कारण २२५ जनाको अकालमै ज्यान गएको स्रोतव्यक्ति वलीले जानकारी दिए । उनका अनुसार, बितेको वैशाख महिनामा मात्रै १७२ जनाको मृत्यु भएको छ ।

यो अवधिमा दश हजार ११४ जना सङ्क्रमित भएका छन् भने छ हजार ४७० जना निको भएका छन् । बाँकेमा शुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना सङ्क्रमित भएकामा ११ हजार १७२ जना निको भएर घर फर्किसकेका छन् ।
थप चार सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप चार सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा तीन र शिक्षण अस्पताल कोहलपुरमा एक गरी चारजना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

मृतकहरू बाँकेका दुईजना, बर्दिया र दाङका एक एकजना रहेको वलीले जानकारी दिए । यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दिया मधुवन नगरपालिका–७ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो । वैशाख ८ गते सङ्क्रमण पुष्टि भए पनि उहाँलाई जेठ २ गते मात्रै अस्पताल भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट २४२ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १९८ जनाको मृत्यु भएको स्रोतव्यक्ति वलीले बताए ।
बेलझुण्डी अस्पतालमा चारको मृत्यु
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ निवासी ८४ वर्षीया महिला, तुलसीपुर १८ निवासी ६० वर्षीया महिला, तुलसीपुर–१० निवासी ५५ वर्षीय पुरुष १२ र तुलसीपुर उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । अहिले अस्पतालमा ६० जनाको उपचार भइरहेको छ भने आज ११ जना भर्ना भएका छन् । आज अस्पतालबाट दुई जनाको मात्रै निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्याएको आरोपमा

विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । सन्

कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई