कोभिड संक्रमणको उच्च जोखिम भएका काठमाडौँका विभिन्न स्थानमा एन्टिजेन्ट परीक्षण सुरु



काठमाडौँ । कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौ्रँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो ।

परीक्षणका लागि तरकारी बजारमा विहान खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो । ‘स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरु पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरुमा गएर वृहत परीक्षण हुनेछ ।’ महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल भन्छन्, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउनका लागि यो उपयुक्त विधि हो ।’

‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनेका छौँ ।’ परीक्षणका लागि कालीमाटीमा भेटिनुभएका महाशाखाका ल्याव टेक्निसियन निरीक्षक भोला अधिकारीले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’

उनीहरुकाअनुसार कसैको सरीरमा कोभिडका भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । यसअघि (लक्षण देखिनु अघि) कसैसँग कोविड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ ।

पहिलो चरणमा करीब १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरेर भोलि वडा ३२ को तरकारी बजारमा परीक्षण हुनेछ । तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखेका छौँ । महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओली भन्छन्, ‘तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ ।’ परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश

म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त

बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका