दासढुंगा घटनाको उच्चस्तरीय छानविन गरौंः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दासढुंगा दुर्घटनाको उच्चस्तरीय छानविनको माग गरेका छन् । २८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार ट्वीट गर्दै भट्टराईले मदन पत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गर्नुपर्ने बताएका हुन् । उनले उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोड्नसमेत आग्रह गरेका छन् ।

भट्टराईले लेखेका छन्, २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धासुमन ! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानविन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौं । नत्र उहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौं!’

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय ढंगले निधन भएको थियो ।

दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएपनि जीप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।