भीम रावल भन्छन्–पार्टीको एकता र देशहित निम्ति पूरा प्रयास हुन्छ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुने बताएका छन् ।

आइतबार साँझ ट्वीट गर्दै उपाध्यक्ष रावलले २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनी आफूले गत फागुन २३ लगत्तै भनेको र त्यही अनुरुप अघि बढ्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा एमालेको पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणालीअनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ। कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुनेछ।’

नेकपा एमालेभित्रको विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबारबारको छलफलपछि कार्यदल गठन गरेका छन् ।

नेताहरु सुवास नेम्वाङ र डा. भीम रावलको नेतृत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा दुवै पक्षबाट पाँच–पाँचजना सदस्य रहेका छन् । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

त्यस्तै, नेपाल पक्षबाट रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । कार्यदललाई तीन दिनभित्र काम सक्न निर्देशन दिइएको छ ।

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदल सदस्यको टुंगो लगाएका हुन् । गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना

काठमाडौं ।  गृह मन्त्रालयले मिटरब्याजपीडितका गुनासाको तत्काल सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना गरेको

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध

सामुदायिक विद्यालयका शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण

बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

बागलुङ ।  बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ।