चलचित्रकर्मी चेतन कार्कीको निधन



ललितपुर । कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आइतबार बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको ८४ वर्षका उमेरमा मृत्यु भएको हो ।

साहित्यकार मुरारी सिग्देलले भने, “केही दिनअघि उहाँलाई गाह्रो भएर कोरोना परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो तर चार दिनअघि उनको मुटुमा समस्या भएर अस्पताल लाँदा आज स्वर्गारोहण भयो । ”

विसं १९९५ कात्तिक २२ गते स्याङ्जा आरुखर्कमा जन्मिएका कार्कीले नेपाली, हिन्दी तथा अङ्ग्रेजी र उर्दू भाषामा थुप्रै कृति प्रकाशन गरेको बताइएको छ । उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’, लगायत उपन्यास, ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीतसङ्ग्रह, ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, मुक्तकसङ्ग्रह, ‘हो देश मेरो पनि गजलसङ्ग्रहलगायत कृति प्रकाशित छन् ।

कार्कीले ‘विश्वास’, ‘भुमरी’, ‘पहिलो प्रेम’ चलचित्र निर्देशन गर्नुभएको छ । कार्कीका चर्चित गीतमा ‘तीजको रहर आयो बरी लै’, ‘कान्छी हे कान्छी’, ‘बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’, ‘बुझ्नै सकिनौ आँखाको भाका मेरो’, ‘बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभन’ आदि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज

तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक

चर्कियो पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको विवाद

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ

लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक