सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा



कर्णाली । कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् ।

सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ । आजदेखि खाद्यान्नका पसलहरु आइतबार, मङ्गलबार र विहीबार तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाएको छ । कर्णालीमा हालसम्म कोरोनाबाट १३४ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँ बिदाले बढायो तनहुँमा आन्तरिक पर्यटक

तनहुँ । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

यसवर्षको दसैँमा मुस्ताङमा १६ करोडको भेडाच्याङग्राको व्यापार

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ

साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी। शरद यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश ।