काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको समयमा मिर्गौला नपाएर छटपटाइरहेको भए तपाइँलाई कस्तो हुन्थ्यो भनेर प्रश्न गरेका हुन् ।
बढ्दो कोरोना महामारीलाई लिएर समाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी मिश्रले यस्तो प्रश्न गरेका हुन् । मिश्रले ओलीलाई प्रश्न गरेका छन्, ‘यदि तपाईंको मिर्गौला प्रत्यारोपण गर्ने समयमा, तपाईं जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेको बेला तपाईंले मिर्गौला नपाउनु भएको भए तपाईंलाई कस्तो महसुस हुन्थ्यो ? तपाईंको परिवारलाई कस्तो महसुस हुन्थ्यो ?’
उनले १५ दिनभित्र निजी अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिनु गलत भएको बताएका छन् । उनले आफूले गर्न नसक्ने अनि निजी अस्पताललाई हुनै नसक्ने गरी निर्देशन दिनु उचित नभएको बताएका छन् ।
उनले सेना र प्रहरीको सहयोग लिएर अस्थायी उपचार केन्द्र स्थापना गर्न सुझाव दिएका छन् । उनले वीर अस्पतालमा एक सय जनाको लागि विज्ञापन गर्दा ६ हजारले दरखास्त दिएका भन्दै काम गर्ने देशभर स्वास्थ्य जनशक्ति भएकाले उपयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया