इन्डो–प्यासिफिक कमान्डद्वारा नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा



काठमाडौं । अमेरिकाले कोभिडविरुद्धको लडाइँका लागि नेपाललाई थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेको छ ।

अमेरिकी इन्डो–प्यासिफिक कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सीजन प्लान्ट, सिलिन्डर तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको हो ।

नेपाली जनताको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

२०२० को अप्रील यता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तरगत कोभीड–१९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पिपिइ, आइसोलेशन सेन्टरका सामाग्री, अक्सीजन सम्बन्धि विभिन्न उपकरण, टेलिमेडिसिन का सामान, हात धुने केन्द्रहरू, तथा अन्य अत्यावश्यक सामान लगायत झन्डै ५८ लाख डलर बराबरको सहयोग उपलब्ध गराइसकेको छ ।

योसँगै नेपालमा युएसएआइडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन