काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिएका छन् ।
५२ वर्षीय न्यायाधीश श्रेष्ठलाई वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केही दिनको होम आइशोलेनपछि बसेर अस्पताल भर्ना भएका थिए । उनलाई अक्सिजनको सहायतामा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया