बाँकेमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु



बाँके । बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका–९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका–१ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–२ निवासी ३० वर्षीया महिला, कोहलपुर–१० निवासी ४५ वर्षीया महिला, कोहलपुर–११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर–१४ निवासी ६४ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्लाभित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मानव अधिकार आयोगद्वारा प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल

पृतनापति समन्वयात्मक बैठक सुरु

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना

एउटै प्रकृतिका कामका लागि स्थापना भएका संरचना गाभ्ने तथा खारेज गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक–फरक संरचना गाभ्ने, खारेज

जिपले स्कुटरलाई ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु

पोखरा । पोखराको फिर्केमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक