चीनले दिएको चार सय अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो
काठमाडौं । चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं फर्केको छ । बेइजिङबाट चार सय अक्सिजन सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव २६ टन सामान बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सले जनाएको छ ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय सिलिण्डर मंगलबार ल्याइएको हो ।सोमबार मात्रै ती सामग्री चीनले नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई औपचारिकरुपमा हस्तान्तरण गरेको थियो । स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज सोमबार बेइजिङ गएको थियो ।