थप ८७७७ जनामा कोरोना संक्रमण, ४०२२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ८७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट थप ८७७७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९४६६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७२० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४०२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३०२७८७ पुगेको छ । क्वारेन्टाइनमा ४१९ जना रहेका छन् भने आइसोलेसनमा ८८१६० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।