काठमाडौं महानगरद्वारा शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोभिड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

शनिबार अस्पताल पुगेर महानगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

भेन्टिलेटर हस्तान्तरण गर्दै प्रमुख शाक्यले महानगरले संक्रमण रोकथाम र नियन्त्रणमा गरेका प्रयासको चर्चा गर्दै, समुदाय स्तरमा संक्रमण घटाउने र उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताए ।

त्यस क्रममा उपप्रमुख खड्गीले, महानगरले अहिले पूर्वाधार निर्माणका काममाभन्दा महामारी नियन्त्रणमा केन्द्रित गरेको बताइन् । ‘पहिले जीवनको सुरक्षा त्यसपछि विकासका योजना ।’ खड्गीको भनाइ थियो ।

अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । जसमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । यसको माग अझै बढ्दै गएको छ । महानगरको सहयोग यहाँ पनि आवश्यक भएको कार्यकारी निर्देशक काफ्लेको भनाइ थियो ।

त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दीपक केसीलगायत अधिकारीहरु सहभागी थिए । मुल्य अभिवृद्धि कर र भन्सारसहित भेन्टलेटरको मुल्य २ करोड ९ लाख रुपैयाँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि