श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित



काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक १५ हजार पुर्याइने घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ । सोअनुसार नौ हजार ३८५ आधारभूत पारिश्रमिक र पाँच हजार ५१६ रुपैयाँ महँगी भत्ता गरी मासिक १५ हजार हुने छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो ।

मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक ३६१ रुपैयाँ र दैनिक महँगी भत्ता २१६ रुपैयाँ गरी दैनिक ५७७ रुपैयाँ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा ७७ रुपैयाँ तोकेको छ । यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो ।

उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले एकपक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन् । श्रम ऐन, २०७४ मा प्रत्येक दुईदुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको

गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पद धारण गरेका व्यक्तिले सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अधिकृत एकलाख २० हजार घुससहित पक्राउ

काठमाडौँ । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

    काठमाडौँ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन