बाँकेमा एकैरातमा चार जना कोरोना सङ्क्रमितको मृत्यु



बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते भर्ना भएका राजापुर नगरपालिका–२ बर्दिया निवासी २७ वर्षीय युवाको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी यही वैशाख १७ गते भर्ना भएकी कोहलपुर नगरपालिका–११ निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा गएराति करीब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो । खजुरा गाउँपालिका–३ निवासी ५५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको छ । वैशाख १७ गते गरिएको एन्टिजेन परीक्षणबाट उनलाई कोभिड पुष्टि भएपश्चात् गाउँपालिकाले खजुरामा बनाएको आइसोलेशनमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट १२३ र उपचारका क्रममा बाहिरी जिल्लाबाट आएका ११९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको