निषेधाज्ञाका कारण आन्तरिक उडान ह्वात्तै घट्यो



काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार शुक्रबार कूल ७७ उडान भएका छन् । बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन् । बिहिबारको तुलनामाा यो सङख्या आधाभन्दा कम हो । शनिबार यो सङ्ख्या अझ घट्ने बताइएको छ ।

शनिबारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले जानकारी दिए । निषेधाज्ञा शुरु भएको पहिलो दिन बिहीबार विमानस्थलमा आन्तरिकतर्फ कूल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन् । यीमध्ये काठमाडौँबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौँ भित्रिएका विमानस्थलले जनाएको छ ।

विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार बिहिबार सबैभन्दा बढी बुद्ध एयरले ९६ उडानबाट चार हजार २८ यात्रुलाई हवाई सेवा दिएको थियो । यती एयरलाइन्सले ५२ उडान गरेको थियो । ती उडानबाट दुई हजार ४५७ यात्रुलाई गन्तव्यमा पुर्याइएको छ । त्यसैगरी श्री एयरलाइन्सले एक हजार ४८४, तारा एयरले ११३, समिट एयरले ८३ र नेपाल एयरलाइन्सले १०४ यात्रुलाई सेवा दिएको विमानस्थलले जनाएको छ ।

निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १४९ उडानमार्फत १५ हजार २६३ यात्रुले सेवा लिएका थिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान

मोरङ । कोशी प्रदेश सरकारले पहिचानवादीलाई वार्तामा आउन  आह्वान गरेको छ । कोशी

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

सरकारले पाथीभरा घटनामा घाइते भएकाहरूको उपचार खर्च ब्यहोर्ने

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार

ट्याक्टर दुर्घटना हुँदा लमजुङमा एकजनाको मृत्यु

  लमजुङ । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।