काठमाडौँ । राजधानीकाे नर्भिकअन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वबडामहारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ । कोरोना संक्रमणपछि उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी भएकाले आईसीयूमा सारिएको अस्पतालले जनाएको छ ।
अहिले उनलाई हाइ फ्लो अक्सिजनको सपोर्टमा राखिएको भए पनि अन्य स्वास्थ्य समस्या देखिएको छैन ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य दिइएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ ।
हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएपछि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसकाे केही दिनमा नै उनीहरू अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया