नेपालमा कोरोना सङ्क्रमण दर २२८ प्रतिशतले वृद्धि,दैनिक १ लाख ९३ हजार थपिने सम्भावना



काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिईन् । उनका अनुसार यसहप्ता यहाँको सङ्क्रमण दर भारतको जस्तै रहेको छ ।

गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उनले जानकारी दिए । नेपाल भारतभन्दा दु्रत गतिमा सङ्क्रमणको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिए। संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाए।

एक जनाले दुई जनाभन्दा बढीलाई सङ्क्रमण सारिरहेको छ । आज मात्र चार हजार ८९७ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा सङ्क्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको