काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि हुने भनिएका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।
बैठकमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेका परीक्षा नरोक्ने निर्णय गरेको थियो । त्यस्तै गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० बढी संक्रमित भेटिए निषेधाज्ञा लगाउन पनि सीसीएमसीले सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया