श्रवण मुकारुङ ।
राणाहरूले बनाएका महलमा बसेर टावर बनाएँ, धरहराको पुनःनिर्माण गरेँ भन्दै मख्ख नपर्नुस् ! प्रोपोगाण्डा नगर्नुस् ! मानिस हो देश, मानिसका बारे सोच्नुस् ! कतिजना मानिसलाई रोजगारी दिएँ,कति जना मानिसलाई महामारीबाट बचाएँ वा कति जनालाई पर्देशिनबाट रोकेँ वा कुन कुन समुदाय,क्षेत्र वा बर्गलाई सामाजिक न्याय दिएँ, सोच्नुहोस् !
नक्सामा देश ठूलो देखाएर देश ठूलो हुन्न,भोगचलन गर्न दिने अनि नक्सामा चाहिँ देश देखाउने योभन्दा ठूलो पाखण्ड अर्को के हुन्छ ? अबका जनता लाटा छैनन् । धरहराका निर्माणका नाममा मैले पनि एक महिनाको पारिश्रमिक प्रदान गरेको छु, मेरो पनि नाम लिनुहोस्, अनि शिव लिङ्ग ढोग्नुस् ! तब तथास्तू भनुम्ला ।

प्रतिक्रिया