समाजका अगुवालाई संवेदनशील भई यसरी भिडभाड हुने गरी कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाजका अगुवाहरुलाई कोभिड संक्रमण बढेकाले भिडभाड हुने गरी कार्यक्रम नगर्न अनुरोध गरेको छ । आइतबार मन्त्रालयले विज्ञप्ति जारी गरी समाजका अगुवाहरुको क्रियाकलाप सबैले अनुशरणसमेत गर्ने भएकाले त्यस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दैनिक सयौं मानिसको भिडमा कार्यक्रम भइरहेका सन्दर्भमा मन्त्रालयले यस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो । सरकारले गतसातानै २५ जना भन्दा बढी मानिस राखेर कार्यक्रम नगर्न आदेश जारी गरेपनि सरकारबाटै त्यसको उल्लंघन हुँदै आएको छ ।

आदेश जारी गरेको भोलिपल्टै प्रधानमन्त्री निवास बालुवाटारमा सयौं मानिस भेला गरी रामसीतामा मूर्ति चितवन पठाइएको थियो भने त्यसको भोलिपल्ट चितवनमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको उपस्थितिमा हजारौं मानिस सहभागी गराएर मूर्ति स्थापना गरिएको थियो । त्यस्तै नेकपा एमालेको केपी ओली पक्षको बैठक पनि आदेश विपरित बसिरहेका छन् । त्यस्तै शनिबार धरहरा उद्घाटनमा पनि सरकारको ओदश उल्लंघन गर्दै प्रधानमन्त्री आफैं उपस्थित भएर उद्घाटन गरेका थिए ।

सरकारको आदेश उल्लंघन गर्दै प्रधानमन्त्रीद्वारा धरहराको उद्घाटन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल