प्रधानमन्त्री ओली र बामदेवबीच बालुवाटारमा भेटवार्ता, ओली पक्ष उत्साहित


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दुर्इ नेताको डिनर मिटिङ भएको हो । त्यसमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए ।

भेटमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वार्ता सकारात्मक भएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् । भेटमा गौतमले केपी ओली देशको प्रधानमन्त्री हुनुका साथै एमालेको अध्यक्षसमेत भएको तर उनीसँगको आफ्नो सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको भएको बताएका थिए ।

यस्तै आफ्नो र ओलीबीचको सम्बन्ध अटुट रहिरहने पनि गौतमले बताएका भट्टराईको बताएका छन् । उनले पार्टीभित्रको विवाद मिलाउन गौतमले भूमिका खेल्नुका साथै ओलीलाई साथ दिने समेत विश्वास व्यक्त गरेका छन् ।