रिक्त राष्ट्रिय सभा सदस्यको एक सिटमा जेठ ६ गते उपनिर्वाचन घोषणा


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भई नेकपा एमाले प्रवेश गर्दा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य सिटमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले बिहीबार उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले वाग्मती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रिय सभा सिटमा निर्वाचन मिति घोषणा गरेको हो ।