राष्ट्रिय सुरक्षामा आँच आउने काम कतैबाट हुनुहुँदैनः प्रधानसेनापति थापा



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले गरिमामय सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएका छन् ।

नेपाली सेनाका सकल दर्जालाई मानवीय मूल्य, मान्यताप्रति संवेदनशील रहेर उनीहरुलाई नैतिकवान् एवं सत्चरित्रवान् बनाउन अभिप्रेरित गर्ने उद्देश्यले आयोजित साताव्यापी सैनिक आचरणसम्बन्धी कार्यक्रमको बिहीबार समापन गर्दै प्रधानसेनापति थापाले आचरणमा नबस्दा नेपाली सेना कमजोर हुने र यसले व्यक्तिगत, समूहगत वा छदम्भेषी तत्वलाई मात्र फाइदा पुग्ने बताएका हुन् । “राष्ट्रिय सुरक्षामा आँच आउने काम कहीँकतैबाट हुनुहुँदैन”, उनले भने ।

सैनिक आचारसंहिता कार्यान्वयनमा आएको र यसलाई दण्ड सजाय व्यवस्थाका रूपमा नलिई सङ्गठनमा सकारात्मक संस्कृतिको थालनी मान्न उनले आग्रह गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा