एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छः गोकर्ण विष्ट



काठमाडौँ । नेकपा एमाले नेता गोकर्ण विष्टले एकतर्फी रुपमा सांसदहरुमाथि कारबाही अघि बढाएर पार्टीमा संकट पैदा भएको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत विष्टले संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान नहुने बताएका हुन् ।

एमालेले मंगलबार माधव नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेपछि विष्टको यस्तो प्रतिक्रिया आएको हो । उनले भनेका छन्,‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथि कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनै पनि हालतमा समाधान हुन सक्दैन ।’ उनले अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर एकता जोगाउन आग्रह गरेका छन् ।

‘अदालतको फैसलाबमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ,’ विष्टले भनेका छन्, ‘यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न

पहिरोले बिपी राजमार्ग पुनःअवरुद्ध

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ ।

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा