जलबिरे पुल निर्माणपछि यस्तो देखियो सडक


काठमाडौं । नारायणघाट मुग्लिङ्ग सडकको जलबिरे पुलको निर्माण सम्पन्न भएको छ । सडक विभागका इन्जिनियर शिव खनालका अनुसार सुरुवातदेखि अघिल्लो बर्षको कोरोना कहरमा पनि कुनै पर्वाह नगरी दिनरात नभनी खटेको प्रतिफल स्वरुप अहिले जलबिरे पुलको निर्माण कार्य सम्पन्न भई सवारी आवागमन सुचारु गर्न तयार अवस्थामा रहेको हो ।

अघिल्लो बर्ष कोभिड संक्रमण तथा लकडाउनको कहरमा मुश्किलले स्थानीय प्रशासनको सहयोगमा यो पुलको बीचको ४० मिटरको प्रेसट्रेसिङ स्पान तयार पारिएको थियो । यो पुलको निर्माण सम्पन्न भएसँगै नारायणघाट मुग्लिन सडकको लम्बाई २६५ मिटरले घट्ने छ । Annual Average Daily Traffic २०,००० PCU भन्दा बढी रहेको यो सडकमा २६५ मिटर घट्नाले इन्धनमा हुने बचतलाई मात्र हेर्ने हो भने पनि नवनिर्मित जलबिरे पुलले केही महिनामै लगानीको प्रतिफल दिनेछ ।
फोटोः शिव खनाल