नपढेका जति विद्वान बन्ने अनी पढेका जति मुर्ख हुने गज्जब छ मेरो देश !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन सांसद पद गुमेकालाई धमाधम मन्त्री नियुक्ति गरेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ ।

पार्टी छाडेर भाग्नेहरुलाई मन्त्री र भ्रष्टाचारमा मुछिएकालाई ओलीले काखी च्यापेर मन्त्री बनाएको भन्दै आलोचना भएको हो । नेपाली सेनाका अवकासप्राप्त जर्नेल डा. प्रेससिंह बस्न्यातले प्रधानमन्त्रीको कार्यशैलीको यसैगरी विरोध गरेका छन् ।

उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘आफ्न पार्टी छाडी भाग्ने भतुवा जतीलाई मन्त्रीको पद, वाइडबडी खाने दलको नेता, होलीवाइन खाने प्रधानमन्त्री, बालुवाटार खाने अर्थमन्त्री, पानी ट्यान्कीमा पैसा राख्ने ठूला मन्त्री के भाको यो देशमा ? नपढेका जती बिद्वान बन्ने अनी पढेका जति मुर्ख हुने गज्जब छ मेरो देश !’
त्यस्तै बस्न्यातले थप लेखेका छन्, ‘बालुवाटार खानेलाई मन्त्री, प्रेस काण्डको ७० करोड हजाम गर्ने र ओम्नीसँग मिलेर भुँडी भर्नेलाई सार्वजनिक लेखा समितिमा, सांसद अपहरण गर्नेलाई राज्य व्यवस्था समिति, शेर्पा समूहसँगको व्यापार गर्नेलाई प्रधानमन्त्री अनी पानी ट्यान्कीमा पैसा लुकाउनेलाई ठूलो मन्त्री दिने नजिर बस्यो ।’