ओलीको एकलौटी निर्णय खारेजीको माग गर्दै नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो ८ पृष्ठको पत्र


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २३ गतेपछि एकलौटी रुपमा गरेको निर्णय खारेजीको माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ ।

आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे आयोग पुगेर ओलीको निर्णय खारेजीको माग गर्दै पत्र बुझाएका हुन् । पत्रमा ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेज योग्य भएको उल्लेख छ ।